चैत २६, काठमाडौं । साधारण शेयर (आईपीओ) विक्री गर्ने क्रममा बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल लिमिटेड (बीएफआईएन) पनि जोडिने भएको छ ।
सो कम्पनीले अधिकतम ५५ हजार कित्ता साधारण शेयर सर्वसाधारणलाई विक्री गर्ने भएको छ । सम्झौतापत्रमा कम्पनीका तर्फबाट प्रबन्ध निर्देशक डा विनोद आत्रेय र एनआईसी एशिया क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीले हस्ताक्षर गरेका छन् ।
कम्पनीले बिहीवार एनआईसी एशिया क्यापिटललाई शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । विक्री प्रबन्धकको नियुक्तिसँगै शेयर विक्री गर्ने घोषणा गरिएको हो ।
कम्पनीले १०० रुपैयाँ अङ्कित मूल्यमा ५५ हजार कित्ता साधारण शेयर विक्री गर्न लागिएको विज्ञप्तिमा उल्लेख गरेको छ ।