ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

प्रदेश १ प्रदेशसभा बैठक स्थगित

२०७७ चैत, २७  
प्रदेश ०१
NA

विराटनगर । प्रदेश नं १ को प्रदेशसभाको बिहीवारको बैठक प्रतिपक्षी दलका सांसदहरूको विरोधका कारण स्थगित भएको छ । नेकपा माओवादीका तर्फबाट प्रदेश सांसद टंक आङ्बोले नेकपा (एमाले)मा प्रवेश गरेका कारण सो पार्टीका केन्द्रीय समितिले दलको विधान र ऐनविपरीत कार्य गरेको कारण देखाई सांसद् पदबाट खारेज गरेको पत्र सभामुख प्रदीपकुमार भण्डारीले सदनमा पढेर सुनाएपछि सांसदहरूले नियमापत्ति गरेका थिए ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का सांसदहरूले नियमापत्ति गरेपछि सभामुख भण्डारीले बैठक स्थगन भएको जानकारी दिए । सभामुखले बैठक नियमित रूपमा सञ्चालन गर्न पटक–पटक आग्रह गर्दा पनि सांसदहरूले उभिएर नै विरोध गरेपछि बैठक स्थगित गरेका हुन् । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्