ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बैतडी ट्राफिक कार्यालयद्वारा १९ लाखभन्दा बढी राजस्व संकलन

२०७७ चैत, २७  
सुदूरपश्चिम प्रदेश
NA

बैतडी (अस) । जिल्ला ट्राफिक कार्यालय बैतडीले रू. १९ लाखभन्दा बढी राजस्व संकलन गरेको छ । ट्राफिक नियम उल्लंघन गर्ने तीन हजारभन्दा बढी सवारीसाधनबाट रू. १९ लाख ३५ हजार ५०० राजस्व संकलन गरिएको हो ।

चालू आर्थिक वर्षको साउनदेखि चैत तेस्रो हप्तासम्ममा साना ठूला गरी ३ हजार २८२ सवारीसाधनलाई कारबाही गरिएको ट्राफिक प्रहरी बैतडीका हल्दार ललित सिंह महराले बताए । क्षमताभन्दा बढी यात्रु बोक्ने, आवश्यक कागजात नबोक्ने र ट्राफिक नियम पालना नगर्ने सवारीसाधनलाई काराबाही गरिएको उनको भनाइ छ ।

सो अवधिमा बसबाट रू. ४० हजार ५००, ट्रकबाट २ लाख ९८ हजार ५०० जीप, कार, भ्यानबाट ८ लाख २६ हजार, ट्र्याक्टरबाट १ लाख ४७ हजार, मोटरसाइकलबाट ४ लाख ५२ हजार ५० अन्यबाट ९ हजार राजस्व संकलन गरिएको कार्यालयले बताएको छ । बैतडीमा ट्राफिक प्रहरीको ९ जनाको दरबन्दी छ । जिल्लाका मेलौली, खोचलेक, ढोलेकोमोड, खोडेपे, पाटन र गोठलापानी बजारमा ट्राफिक प्रहरीको आवश्यकता भए पनि खोडपे, पाटन र गोठलापानी बजारमा मात्र ट्राफिक प्रहरी छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्