ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

राईले जिते सूर्य नेपालको वेस्टर्न ओपन उपाधि

२०७७ चैत, २७  
बजार
NA

काठमाडौं (अस) । पोखराको हिमालयन गल्फ कोर्समा सम्पन्न सूर्य नेपाल वेस्टर्न ओपको उपाधि शुक्रबहादुर राइले जितेका छन् । शुक्रले दुई अन्डर ६७ को कार्ड बनाउँदै ६ अन्डर २०१ अंक बटुलेर तीन स्ट्रोकको अग्रता लिँदै अमेच्योर सुवास तामाङमाथि जित हात पारेका हुन् । प्रतियोगिताको उपाधि शुक्रले जितेको यो चौथो पटक हो । उनले १ लाख ३० हजार नगद पुरस्कार पनि हात पारेका छन् ।

दोस्रो स्थानका लागि प्रोफेसनलमाझ भुवन नगरकोटी र सञ्जय लामाले इभन–पार २०७ सहित बराबरी खेले । भुवनले दुई अन्डर ६७ मारे भने सञ्जयले दुई ओभर ७१ कार्ड बनाए । यी दुवैले नगद ७२ हजार प्राप्त गरेका छन् ।

प्रोफेसनलमाझ बलभद्र राई चौथो स्थानमा रहे । कुल सात ओभर २१४ अंक बनाएका राईले नगद ५० हजार प्राप्त गरे ।

१० ओभर २१७ अंक बनाएर विनोद तामाङ प्रोफेसनलमाझ पाँचौं स्थानमा रहे । उनले ४२ हजार हात पारे । ११ ओभर २१८ अंक खेलेका भुवन कुमार रोक्का छैटौं स्थानमा थिए । उनले पनि ३७ हजार ५०० नगद प्राप्त गरे ।

सातौं स्थानमा धनबहादुर थापा रहे । आठौं स्थानमा टंकबहादुर कार्की र सूर्यप्रसाद शर्मा बराबरी खेले । दिनेश प्रजापति १० औं स्थानमा रहे ।

१६ ओभर २२३ अंक बनाउँदै अजित विक अमेच्योरतर्फ दोस्रो बने । उनले बिहीबार तीन ओभर ७२ कार्ड बनाए । २२ ओभर २२९ अंकसहित रितेश तामाङ तेस्रो स्थानमा रहे ।  सूर्य नेपाल गल्फ टुर २०२०–२१ को यस तेस्रो प्रतियोगितामा शीर्ष २१ खेलाडीले नगद पुरस्कार जितेका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्