ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

वर्ल्ड लिंकमा हर्षको नयाँ वर्ष अफर

२०७७ चैत, २७  
बजार
NA

काठमाडौं (अस) । इन्टरनेट सेवाप्रदायक वर्ल्ड लिंक कम्युनिकेसन्सले आउँदो नयाँ वर्ष ०७८ लाई लक्षित गरी ‘हर्षको नयाँ वर्ष’ अफर ल्याएको छ ।

कोरोना महामारीले सन्त्रस्त बनाएको ०७७ को बिदाइसँगै नयाँ वर्ष ०७८ ले सुख, समृद्धि र सुस्वास्थ्य ल्याउने अपेक्षासहित ‘हर्षको नयाँ वर्ष’ अफर ल्याइएको कम्पनीले बताएको छ ।

अफरअन्तर्गत ग्राहकले एक वर्षका लागि २०, ४० वा ८० एमबीपीएसको प्याकेज लिए ६२ प्रतिशतसम्म छुट पाउनेछन् ।

एक वर्षे अफरमा २०, ४० वा ८० एमबीपीएस प्याकेजमध्ये एक मात्रलिँदा पनि ग्राहकले बाह्रै महिना नेट टिभीको सेवा निःशुल्क पाउन सक्ने कम्पनीले बताएको छ । यसमा तीन महिना नेट टिभी प्राइम प्याकेज डुएल ब्यान्ड राउटर सित्तैमा दिइनेछ ।

जडान, वायरिङ, युट्युब र अन्य सामग्रीको सुविधासहित सेटअप बक्स निःशुल्क हुने कम्पनीका अध्यक्ष दिलीप अग्रवाल बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्