ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

वैदेशिक संयुक्त लगानी २१ अर्ब

२०७७ चैत, २७  
१० वर्ष अघि
NA

चालू आर्थिक वर्षमा रू. २१ अर्ब ४६ करोडका संयुक्त वैदेशिक लगानीका उद्योगले स्वीकृति पाएका छन् । उद्योग विभागले वैशाख मसान्तसम्म संयुक्त वैदेशिक लगानीका १ सय ३३ उद्योगहरूको प्रस्तावलाई स्वीकृति दिएको हो । गत वर्ष २ सय ३० विदेशी संयुक्त लगानीका कम्पनीहरूलाई विभागले उद्योग स्थापनाको स्वीकृति दिएको थियो ।

गत फागुनसम्म यस्ता ९४ उद्योगले स्वीकृति पाएका थिए । ती उद्योगहरूको कुल लगानी रू. ९ अर्ब थियो । त्यसमध्ये ३ अर्ब ७४ करोड विदेशी लगानी थियो भने ५ अर्ब २६ करोड रुपैयाँ नेपाली कम्पनीको लगानी हुने उल्लेख थियो । स्वीकृति पाएका उद्योगहरू निर्माण, ऊर्जा, उत्पादन, खनिज, सेवा तथा पर्यटनसँग सम्बन्धित छन् ।

ऊर्जामा आधारित उद्योग सञ्चालन गर्न २ अर्ब ३२ करोड रुपैयाँ लगानीको प्रस्ताव गरिएको छ । त्यस्तै, ३१ होटल तथा रेस्टुरेन्ट सञ्चालनका लागि ६० करोड रुपैयाँ लगानीको प्रस्ताव छ । सेवा उद्योग सञ्चालनका लागि ४२ करोड र उत्पादन उद्योगको लागि ३० करोड लगानीको प्रस्ताव छ । खनिज उद्योगका लागि ७ करोड र निर्माण उद्योगमा २ करोड लगानी प्रस्ताव छ । सञ्चालनमा आएपछि ४ हजार ३ सय ६८ जनाले यी उद्योगबाट रोजगारी पाउनेछन् । अघिल्लो वर्षको तुलनामा प्रत्यक्ष वैदेशिक लगानी रकम घटेको छ । अघिल्लो आर्थिक वर्षमा स्वीकृति पाएका विदेशी कम्पनीहरूले ५ अर्ब २४ करोडको लगानी प्रतिबद्धता जनाएका थिए ।

अंक ४१, २०६७, जेठ ३१–असार ६

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्