ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेपाल आँखा अस्पताललाई सिद्धार्थ बैंकको सहयोग

२०७७ चैत, २७  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । सिद्घार्थ बैंकले काठमाडौंको त्रिपुरेश्वरमा अवस्थित नेपाल आँखा अस्पताललाई टोकन सिस्टम लागू गर्न सहयोगस्वरू पाँच लाख रुपैयाँ प्रदान गरेको छ । सो रकम बैंकका प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतमले नेपाल आँखा अस्पतालका अध्यक्ष डा. गोपालप्रसाद पोखरेललाई हस्तान्तरण गरेका हुन् ।

बैंकबाट प्राप्त उक्त रकम नेपाल आँखा अस्पतालले उपचारका लागि आउने सेवाग्राहीलाई अस्पतालका विभिन्न ब्लकमा टोकन सिस्टम लागू गर्न उपयोग गर्नेछ । उक्त सिस्टमले अस्पतालमा व्यवस्थित रूपमा सेवा प्रदान गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य, वातावरण तथा अन्य विभिन्न क्षेत्रमा सहयोग गर्र्दै आएको बैंकले बताएको छ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्