ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तनहुँको म्याग्दे गाउँपालिकालाई सूर्य नेपाल एम्बुलेन्स

२०७७ चैत, २७  
बजार
Image Not Found

काठमाडौं (अस) । सूर्य नेपाल प्रालि सेराटार तनहुँले म्याग्दे गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

बिहीबार म्याग्दे गाउँपालिकामा आयोजित कार्यक्रममा सूर्य नेपालका फ्याक्ट्री म्यानेजर बाबुराम कार्की, एचआर म्यानेजर अञ्जन दुवाडी, कमर्सियल म्यानेजर गौतम यादव तथा सुरक्षा विभाग प्रमुख होमनाथ अर्याललगायतले गाउँपालिकालाई उक्त एम्बुलेन्स हस्तान्तरण गरे ।

उक्त अवसरमा गाउँपालिका अध्यक्ष मायादेवी राना आले, उपाध्यक्ष बालकृष्ण घिमिरे, प्रमुख कार्यकारी नारायणप्रसाद अधिकारी, वडा नम्बर ६ का वडाध्यक्ष वसन थापालगायत उपस्थित थिए । सूर्य नेपाल प्रालिले ०७७ असोजमा पनि शुक्लागण्डकी नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको थियो । यस क्षेत्रमा लामो समयदेखि शिक्षा, स्वास्थ्य, खानेपानी, भौतिक पूर्वाधार तथा अन्य सामाजिक विकासका विभिन्न क्षेत्रमा सहयोग गरिँदै आएको सूर्य नेपाल प्रालिले जनाएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्