ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सर्वाेत्तम सिमेन्टद्वारा १५ शय्याको अस्पताल निर्माण प्रतिबद्धता

२०७७ चैत, २७  
बजार
Image Not Found

काठमाडौं (अस) । सर्वोत्तम सिमेन्टले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गर्दै नवलपरासीमा १५ शय्या क्षमतासहितको अस्पताल निर्माण गर्ने प्रतिबद्धता जनाएको छ ।

सुनवलमा आयोजित कार्यक्रममा करिब चार करोड रुपैयाँ लागतमा सम्पन्न हुने उक्त अस्पताल निर्माणको प्रतिबद्धता–पत्र कम्पनीका अध्यक्ष विष्णु न्यौपानेले सुनवल नगरपालिका प्रमुख भीमबहादुर थापा क्षेत्रीलाई हस्तान्तरण गरे ।

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलसमेत सहभागी रहेको कम्पनीले जनाएको छ । कम्पनीका अध्यक्ष विष्णु न्यौपानेका पिता लीलाराम न्यौपानेको स्मृतिमा भीम अस्पताल भैरहवामा बनेको लीलाराम न्यौपाने आकस्मिक कक्षको समेत उद्घाटन भएको छ । उक्त अत्याधुनिक कक्षमा २५ शय्यासहित ३ वटा आईसीयू तथा २ भेन्टिलेटर सुविधा छ । २ तले भवनको निर्माण लागत ३ करोड २५ लाख रहेको छ ।

सर्वाेत्तम युरोपियन भीआरएम प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्नेे नेपालकै पहिलो उद्योग हो । कम्पनीका ब्रान्ड म्यानेजर गोपाल सारदाका अनुसार आईएसओ ९००१ गुणस्तर प्रमाणित, १४००१ वातावरणमैत्री प्रमाणित र नेपाल गुणस्तर प्रमाणितसमेत भएको कम्पनीले ग्रिन सर्वाेत्तम ओपीसी र सौरभ ग्रिन पीपीसी नामक ब्रान्डका सिमेन्ट बिक्री गरिरहेको छ ।

सर्वाेत्तम सिमेन्टले आफ्नो उद्योेगको उत्पादन क्षमता ४०,००० बोरा प्रतिदिनबाट बढाएर ६०,००० बोरा बनाएको जनाएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्