चैत २७, काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले वैशाख २६ गते तेस्रो वार्षिक साधारण सभा आव्हान गरेको छ ।
कम्पनीले आफ्नै केन्द्रिय कार्यालय हात्तीसार, काठमाडौंमा बिहान ११ बजेका लागि सभा बोलाएको हो । कम्पनीको चैत २४ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।
साधारण सभाको प्रस्तावमा आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन गर्ने, कम्पनीले कोभिड १९ कोषमा सहयोग गरेको रकम अनुमोदन गर्ने रहेको छ ।
साधारण सभा प्रयोजनका लागि वैशाख १० गतदेखि २६ गतेसम्म बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा वैशाख ९ गतेसम्मका कायम शेयरधनीहरु मात्र सभामा भाग लिन योग्य हुनेछन् ।