ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सिंगटी हाइड्रोको आईपीओ आज ११ बजे बाँडफाँट हुने, २ लाख ६९ हजार ७०० जनाले १० कित्ता शेयर पाउने

२०७७ चैत, २७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

चैत २७, काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओ आज (शुक्रवार) बिहान ११ बजे बाँडफाँट हुने भएको छ । 

विक्री प्रबन्धक मेगा क्यापिटलको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा आईपीओ बाँडफाँटको तयारी भएको क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बडे श्रेष्ठले जानकारी दिएका हुन् । कम्पनीको आईपीओ गोलप्रथाद्वारा २ लाख ६९ हजार ७०० जनाले १० कित्ताका दरले पाउँनेछन् ।

कम्पनीले चैत ६ गतेदेखि १० गतेसम्म आम सर्वसाधारणका लागि २६ लाख ९७ हजार कित्ता शेयर सार्वजनिक निष्कास मार्फत विक्री गरेको थियो । मेरो शेयरमा समस्या आउँदा कम्पनीको आईपीओ बाँडफाँटमा ढिलाई भएको समेत क्यापिटलको भनाइ छ । 

सर्वसाधारणका लागि छुट्याएको कुल २९ लाख कित्ता आईपीओमध्ये कम्पनीले ५८ हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र १ लाख ४५ हजार सामूहिक लगानीकोषको लागि बाँडफाँट गरेको छ । यो आईपीओमा मागभन्दा ९ दशमलव १६ गुणा बढी आवेदन परेको छ । 

कम्पनीको आईपीओमा आवेदन दिने अन्तिम दिन चैत १० गते साँझ ५ बजेसम्म १६ लाख २३ हजार ४५० जना आवेदकबाट २ करोड ४७ लाख २० हजार ४५० कित्ताको लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जानकारी दिएको हो । 

आयोजना प्रभावित स्थानियलाई पहिलो चरणमा आईपीओ विक्री गरिसकेको कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणमा आईपीओ विक्री गरेको हो । स्थानियमा कम्पनीले गत माघ ४ गतेदेखि फागुन ३ गतेसम्म १४ लाख ५० हजार कित्ता आईपीओ जारी गरेको थियो । 

यस कम्पनीले २५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनको निर्माण लागत निर्माण अवधिको ब्याजसहित प्रति मेगावाट रू. २२ करोड हुने प्रक्षेपण गरिएको छ । 

कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १०० रहेको छ । दोस्रो बजारमा पहिलो कारोबारका लागि नेटवर्थ वा नेटवर्थको तीन गुणासम्मको मूल्य रेञ्ज पाउने व्यवस्था बमोजिम कम्पनीको पहिलो कारोबारका लागि रू. १०० देखि रू. ३०० सम्मको मूल्यरेञ्ज पाउने देखिन्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्