ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बरुण हाइड्रोपावरको बोनस शेयर शेयरधनीहरुको डिम्याट खातामा

२०७७ चैत, २७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

चैत २७, काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले ५ प्रतिशत बोनस शेयर शेयरधनीहरुको डिम्याट खातामा पठाएको छ । कम्पनीले उक्त बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लियरिङमा सूचीकृत तथा दर्ता भइ भैतिक रुपमा कारोबार हुने व्यवस्था भएको समेत जानकारी दिएको छ । 

कम्पनीको गत पुस २६ गते सम्पन्न १७औं वार्षिक साधारण सभाले ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । कम्पनीले पुस १५ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको डिम्याट खातामा उक्त बोनस शेयर जम्मा गरेको हो । 

सो मिति पश्चात अभौतिकीकरण गराएका शेयरधनीको हकमा पनि डिम्याट खातामा नै शेयर जम्मा हुने भएकाले हालसम्म पनि शेयर अभौतिकीकरण नगराएका शेयरधनीहरुलाई कम्पनीले शेयर अभौतिकीकरण गराइ बोनस प्राप्त गर्न कम्पनीले अनुरोध गरेको छ । 

कम्पनीहरुको शेयर रजिष्ट्रारमा आरबिबि मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्