ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

साताको अन्तिम कारोबार दिन तोलामा ९०० ले बढ्यो सुनको मूल्य

२०७७ चैत, २७  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

चैत २७, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम जारी छ । साताको अन्तिम कारोबार दिन शुक्रवार पनि नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य बढेको छ । स्थानिय बजारमा अघिल्लो कारोबार दिन अर्थात् बिहीवार रू. एक हजारले बढेको सुनको मूल्य शुक्रवार रू. ९०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाला सुन प्रतितोला रू. ८९ हजार ९०० मा कारोबार भएको छ । बिहीवार छापावाला सुनको मूल्य प्रतितोला रू. ८९ हजारमा कारोबार भएको थियो । बिहीवारको तुलनामा शुक्रवार छापावाला सुन प्रतितोला रू. ९०० ले बढेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ८९ हजार ४५० मा कारोबार भएको छ । बिहीवार तेजाबी सुन प्रतितोला रू. ८८ हजार ५५० मा कारोबार भएको थियो । 

यस्तै, शुक्रवार चाँदीको मूल्य पनि बढेको छ । बिहीवार प्रतितोला रू. एक हजार २६० मा कारोबार भएको चाँदी शुक्रवार रू. एक हजार २८० खरीदविक्री भइरहेको छ । बिहीवारको तुलनामा शुक्रवार चाँदी रू. २० ले बढेको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्