ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

ग्रीन डेभलपमेण्ट बैंकसहित तीन ओटा कम्पनीको साधारण सभा शनिवार हुँदै

२०७७ चैत, २७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

चैत २७, काठमाडौं । तीन ओटा - अलग अलग कम्पनीको साधारण सभा शनिवार हुँदैछ ।  

ग्रीन डेभलपमेण्ट बैंक,जानकी फाइनान्स र सप्तकोशी डेभलपमेण्ट बैंकले साधारण सभा गर्न लागेका हुन् । सप्तकोशी डेभलपमेण्ट बैंकले जीवन विकास समाज कटहरी, मोरङमा बिहान १० : ३० बजे गर्ने जानकारी गराएको छ । सभाले आव २०७६/ ७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।

साथै सभाले यस बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्ने वा गाभिने वा प्राप्ति गर्न आवश्यक भएमा सञ्चालक समितिलाई सम्पूर्ण कार्य अगाडि बढाउन पूर्णअख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ । 

त्यसैगरी जानकी फाइनान्सले गायत्रीकुञ्ज जानकी चोक, जनकपुरधाममा बिहान १० बजे गर्ने बताएको छ ।

सभाले आव २०७६/ ७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । ग्रीन डेभलपमेण्ट बैंकले होटल बाराही पोखरा कास्कीमा बिहान ११ बजे गर्ने जानकारी गराएको छ ।

सभाले ३ दशमलव ८० प्रतिशत बोनस शेयर र शून्य दशमलव २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ  । उक्त कम्पनीको बोनस शेयर चैत १६ गतेसम्म कायम शेयरधनीले पाउनेछन् ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्