ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

रिचार्जरको नयाँ वर्ष अफर : ७०% सम्मको छूटमा ग्याजेट्स, मुलुकभर क्यास अन डेलिभरी

२०७७ चैत, २९  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

चैत २९, काठमाडौं । रिचार्जरले नयाँ वर्षको अवसरमा ‘न्यू इयर सेल’ अफर सार्वजनिक गरेको छ । ई–कमर्श प्लेटफर्म रिचार्जरले ७० प्रतिशतसम्मको छूटमा विभिन्न किसिमका ग्याजेट्स उपलब्ध गराउने भएको हो । 

यसैगरी, अफरमा एउटा ग्याजेट्स किन्दा अर्को एउटा सित्तैंमा पाइने रिचार्जरले जानकारी दिएको छ । यो अफर भने तोकिएका ब्रान्ड तथा ग्याजेट्मा मात्र लागू हुनेछ । त्यसैगरी, नयाँ वर्षमा रिचार्जरबाट सामान खरीद गर्नेले गिफ्ट भौचर, क्यास प्वाइन्ट पनि पाउने छन् ।

चैत ३० गते सोमवारदेखि आगामी वैशाख २ गतेसम्म चल्ने अफरमा सहभागि सबै ग्राहकलाई गोलाप्रथामा सहभागि गराई आकर्षक उपहार पनि वितरण गरिने ग्लोबल की टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले बताए । 

किस्ताबन्दीमा ग्याजेट्स खरीद गर्न चाहनेहरुले सेल अवधिमा बिना कुनै शुल्क प्रकृया अघि बढाउन सक्नेछन् । यस अवधिमा किस्ताबन्दीमा सामान खरीद गर्नेहरुलाई शून्य प्रतिशत व्याजदरमा ग्याजेट्स उपलब्ध गराउने रिचार्जरले जानकारी दिएको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्