ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

ई -सेवा र औषधी व्यवसायी संघ कास्की बीच क्यूआर भुक्तानी तथा डिजिटल पार्टनरसीप सम्झौता

२०७७ चैत, २९  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

चैत २९, काठमाडौं । भुक्तानी सेवा प्रदायक ई -सेवा र नेपाल औषधी व्यवसायी संघ कास्की बीच क्यूआर भुक्तानी तथा डिजिटल पार्टनरसीपका लागि सम्झौता भएको छ ।

सम्झौता पत्रमा नेपाल औषधी व्यवसायी संघ कास्कीका तर्फबाट अध्यक्ष विक्रम पन्त र ई -सेवाका तर्फबाट बिजनेस म्यानेजर रोशन राईले हस्ताक्षर गरेका छन् । 

सम्झौता अनुसार कास्की भित्र रहेका संघ अन्तर्गतका सदस्य औषधी व्यवसायीहरुले फोनपेद्वारा सञ्चालनमा ल्याइएको क्यूआर कोड सम्बन्धी भुक्तानी प्रणालीलाई प्रयोग गर्नेछन् । फोनपेले ई - सेवा लगायत आफ्ना अन्य सदस्य मार्फत डिजिटल कारोबार प्रवर्द्धनमा सघाउनेछ ।

उक्त सम्झौता अनुसार कास्कीका औषधी व्यवसायीआबद्ध अस्पतालहरुमा ई- सेवा मार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिने व्यवस्था समेत मिलाइनेछ । 

पछिल्ला दिनमा क्यूआर भुक्तानीलाई पनि आक्रामक ढंगबाट अगाडी बढाइरहेको ई -सेवाले यसअघि पनि पोखरा उद्योग वाणिज्य संघ र पश्चिमाञ्चल होटल संघसँग क्यूआर भुक्तानी तथा डिजिटल पार्टनरसीप सम्झौता गरिसकेको छ ।

डिजिटल पोखराको अभियानमा तिब्र गतिमा काम गरिरहेको  कम्पनीले बताएको छ । 


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्