ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

ठोरी–माडी सडक खण्डमा १२ पुल निर्माण हुँदै

२०७७ चैत, ३०  
प्रदेश ०२
NA

वीरगञ्ज । हुलाकी सडकअन्तर्गत पर्साको ठोरीदेखि चितवनको माडीसम्मको सडक खण्डमा १२ वटा पुल निर्माण हुन थालेका छन् ।     

एक अर्ब १७ करोड ३१ लाख २७ हजार ४४२ को लागतमा ठोरी–माडी हुलाकी सडक खण्डमा १२ वटा पुल निर्माण भइरहेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगञ्जले जनाएको छ ।    
 
ती पुल १० प्रतिशतदेखि ६५ प्रतिशतसम्म निर्माण सम्पन्न भइसकेको कार्यालयका सूचना अधिकारी सञ्जयकुमार ठाकुरले बताए । पर्साको ठोरीबाट चितवनको माडीसम्म रहेका रिउखोलाको पुलको लम्बाइ २५४ दशमलव ७५ मिटर, लम्बाइ खोला १११ दशमलव १५ मिटर, घाघर खोला १२७ दशमलव एक मिटर, पतरी खोला ४१ दशमलव दुई मिटर, परवी खोला ९७ दशमलव एक मिटर, भालु खोला १७ दशमलव २ मिटर र टुनामुना खोला ६४ दशमलव १५ मिटर रहेको छ ।    
 
यसैगरी बाँदरमुडे खोला २६ दशमलव दुई मिटर, रतनी खोला २२ दशमलव २ मिटर, मुगई खोला ९७ दशमलव एक मिटर, चिताई खोला २७ दशमलव दुई मिटर र देवेन्द्रपुरबाट बगड बसपार्कसम्म सात दशमलव सात मिटर गरी जम्मा १२ वटा खोलामा पुल निर्माण भइरहेको छ ।     

सो खोलामा रहेका पुल निर्माण सम्पन्न भएपछि ग्रामीण क्षेत्रमा रहेका सडक सञ्जाल सदरमुकाम वीरगञ्जसँग जोड्नेछन् । ठोरी र माडीमा निर्माण भइरहेका पुल बनिसकेपछि पर्सा जिल्लाको १४ स्थानीय तहका नागरिक चितवनसँग जोडिनुका साथै सवारी साधन आवागमनमा सहज हुनेछ ।   
 
हुलाकी सडकअन्तर्गतको उक्त पुल निर्माण सम्पन्नपछि चितवन जिल्लामा उत्पादन हुने हरियो तरकारी, फलफूल र अन्नबालीलाई समेत बजारीकरण गर्न सजिलो हँुदै जाने किसान विजय पण्डित बताउँछन् । रासस     

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्