ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

ई–लर्निङको ‘माइसेकेन्ड टिचर’ वैशाख १ गतेदेखि

२०७७ चैत, ३०  
बजार
Image Not Found

काठमाडौं (अस) । नेपालको शिक्षा क्षेत्रमा आमूल परिवर्तन ल्याउने उद्देश्यसहित ई–लर्निङ प्ल्याटफर्म ‘माइसेकेन्ड टिचर’ आउने भएको छ  । इन्नोभेट टेकले उक्त प्रडक्ट ल्याउन लागेको जानकारी दिएको हो ।

सो प्रडक्ट आगामी वैशाख १ गतेदेखि देशभर उपलब्ध हुनेछ । इन्नोभेट टेकका संस्थापक अध्यक्ष सुलभ बुढाथोकीले माइसेकेन्ड टिचर नेपालको शैक्षिक गुणस्तर सुधारमा कोसेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।  यो प्ल्याटफर्म विद्यार्थी, शिक्षक, अभिभावक र विद्यालय सञ्चालक सबैलाई उपयोगी हुने बुढाथोकीले दाबी गरे ।

माइसेकेण्ड टिचरमा विभिन्न विषयका समसामयिक अवधारणा, पाठ्यविषयवस्तु  र दैनिक जीवनका अनुभवलाई शिक्षण पद्धतिसँग  जोड्ने  शिक्षक–विद्यार्थीको  संवादमा आधारित अन्तत्र्रिmयात्मक भिडियो सामाग्री, शिक्षकसँग अनलाइन र  व्यक्तिगत रूपमै सोध्न मिल्ने अनलाइन ट्युटरलगायतका विशेषता छन्  ।  

हाल एसईई परीक्षाको तयारी गरिरहेका विद्यार्थीलाई लक्षित गर्दै कक्षा १० को अनिवार्य  गणित, विज्ञान, अंग्रेजी र  ऐच्छिक अर्थशास्त्र विषयका शिक्षक–विद्यार्थीको कुराकानीमा आधारित अन्तर्क्रियात्मक भिडियो सामग्री देशभर उपलब्ध हुनेछन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्