ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

स्वास्थ्य शिविरमा कोकाकोलाको साथ

२०७७ चैत, ३०  
बजार
Image Not Found

काठमाडौं (अस) । विश्व स्वास्थ्य दिवस २०२१ अवसरमा सफाइकर्मीका लागि व्यवसायिक सुरक्षा प्रशिक्षण र स्वास्थ्य शिविर आयोजना गरिएको छ । कार्यक्रम आयोजना क्रिएसन, कोका–कोला फाउन्डेसन र बोटलर्स नेपाल (तराई) लिमिटेडको संयुक्त सहयोगमा गरिएको हो ।

कार्यक्रममा कामको बखत एवं काम सकिएपछाडिका सुरक्षा उपाय, विभिन्न सुरक्षा गियरको प्रयोग, साइटमा व्यावसायिक दुर्घटनाको रोकथाम र सुरक्षित भएर काम गर्ने अवस्थाका लागि आगो निभाउने एवं सुरक्षा उपकरणको प्रयोगसम्बन्धी सत्र समावेश थियो । कार्यक्रममा सुरक्षा गियरसहित सुरक्षात्मक जुत्ता, टोपी, ज्याकेट, मास्क र चस्मा सफाइकर्मीलाई हस्तान्तरण गरियो । डा. अनुजराज कँडेलको नेतृत्वमा आयोजना गरिएको स्वास्थ्य शिविरमा सफाइकर्मीको स्वास्थ्य समस्या र मुद्दाबारे मेडिकल चेकअप र परामर्श गरिएको थियो ।

कार्यक्रममा बेलिङ साइटका कर्मचारीका लागि श्रम सम्झौता हस्तान्तरण गरिएको थियो । उक्त कार्यक्रमको पहुँच सतुंगल, टेकु, बालकुमारी र जोरपाटीका ६ वटा भिन्न बेलिङ साइटका ६७ सफाइकर्मीसम्म पुगेको थियो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्