ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सोमवार सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको भाउ भने स्थिर

२०७७ चैत, ३०  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

चैत ३०, काठमाडौं । नेपाली बजारमा सोमवार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । स्थानिय बजारमा अघिल्लो कारोबार दिन अर्थात् आइतवार रू. ४०० ले ओरालो लागेको सुनको भाउ सोमवार भने रू. १०० ले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार छापावाला सुन प्रतितोला रू. ८९ हजार ६०० मा कारोबार भएको छ । आइतवार छापावाला सुनको मूल्य प्रतितोला रू. ८९ हजार ५०० मा कारोबार भएको थियो । आइतवारको तुलनामा सोमवार छापावाला सुन प्रतितोला रू. १०० ले बढेको हो । 

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ८९ हजार १५० मा कारोबार भएको छ । आइतवार तेजाबी सुन प्रतितोला रू. ८९ हजार ०५० मा कारोबार भएको थियो । 

यस्तै, सोमवार चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतवार प्रतितोला रू. एक हजार २७५ मा कारोबार भएको चाँदी सोमवार पनि सोही मूल्यमा खरीदविक्री भइरहेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्