ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सडक कालोपत्र हुन थालेपछि बजारीकरण सहज हुने आशामा स्थानिय

२०७७ चैत, ३०  
प्रदेश ०२
Image Not Found
author avatar अभियान संवाददाता

चैत ३०, रौतहट  । रौतहटको धन्सार - जंगलसैया सडक कालोपत्र हुन थालेपछि स्थानिय हर्षित भएका छन् ।

सडक निर्माण भएपछि बाराको निजगढ तथा रौतहटको चन्द्रनिगाहपुर बजार आवतजावतमा सहज हुने स्थानियले बताएका छन् ।यसअघि बजार पुग्नका लागि लामो दूरीको यात्रा तय गर्नुपर्ने बाध्यता थियो । गाँउ- गाँउमा उत्पादित कृषि उपजलाई बजारीकरणमा समस्या हुँदै आएकोमा सडक निर्माणपछि सहज हुने उनीहरुको भनाइ छ ।

सहज सडक पहुँच नहुँदा यसअघि तरकारी, फलफूल तथा अन्न बाली उत्पादन भएपनि बजारसम्म पुरयाउन ढुवानी खर्च बढि लाग्ने गरेको थियो ।सडक निर्माण भएपछि ढुवानी खर्च कम लाग्ने र विभिन्न शहरमा उत्पादित कृषि उपज पुर्‍याउन सहज हुने स्थानिय मुकेश कुमार साहले बताए ।

पूर्व -पश्चिम राजमार्गसँ जोडिएको उक्त सडकले गर्दा गाँउमा चहलपहल बढ्ने र आर्थिक गतिविधिमा टेवा पुग्ने उनको भनाइ छ । वर्षौंदेखि धुलाम्ये यात्रा गर्दै आएका स्थानिय भने कालोपत्र सडक हुने भएपछि खुसी छन् ।

धुलोका कारण स्वास्थ्यमा समस्या हुने गरेको बताउँदै कालोपत्र सडक भएपछि हरेक दृष्टिकोणले फाईदा रहेको उनीहरु बताँउछन् । डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरबाट आह्वान गरेको बोलपत्र स्वीकृत गरी आश्रय निर्माण सेवा प्रालिले सडक निर्माणको जिम्मा पाएको छ । करीब ४ करोड रुपैयाँको लागतमा तीन किलोमिटर सडक कालोपत्र हुन लागेको हो ।

एकतर्फको कार्य भएको र अर्को तर्फको कार्य वैशाखको पहिलो सातासम्ममा सकिने निर्माण कम्पनीका ईञ्जिनीयर अभिषेक मिश्राले बताए ।

सम्झौतानुसार चैत मसान्तसम्ममा सक्नु पर्ने भएपनि  प्रविधिक कारणले हुन नसकेको उनको भनाइ छ । तर निर्माण गरिएको कालोपत्रको काम गुणस्तरिय रहेको निर्माण कम्पनीका ईञ्जिनीयरले दावी गरे । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्