ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

परिचयपत्रका लागि ७ हजारभन्दा बढीको विवरण दर्ता

२०७७ चैत, ३१  
कर्णाली प्रदेश
NA

डोटी । डोटीको पूर्वीचौकी गाउँपालिकामा ७ हजार ६४८ ले राष्ट्रिय परिचपत्रका लागि विवरण दर्ता गराएका छन् । यही चैत १ गतेदेखि गाउँपालिकाका सातओटै वडा कार्यालयमा लगत संकलनका लागि आवेदन माग गरिएको थियो । वडा नं १ खिरसैनमा ९४३, वडा नं २ बगलेकमा ९१४, वडा नं ३ गैरागाउँमा ९६८, वडा नं ४ सानागाउँमा ९९६, वडा नं ५ काडमाडौंमा एक हजार ४९२, वडा नंं ६ गाँजरीमा एक हजार ७२ र वडा नं ७ पोखरीमा एक हजार २६३ गरी कुल सात हजार ६४८ ले राष्ट्रिय परिचयका लागि नाम दर्ता गरेको गाउँपालिका सूचना अधिकारी हरिभक्त साउदले जानकारी दिए । रासस

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्