ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कालीकोटका ६० वनमा आगलागी

२०७७ चैत, ३१  
कर्णाली प्रदेश
NA

कालीकोट । कालीकोटका ६० वनमा आगलागी भएको छ । जिल्ला वन कार्यालय कालीकोटका अनुसार हालसम्म ५६ सामुदायिक वन र चार सरकारी वनमा आगलागी भएको छ । जिल्लाका अधिकांश सामुदायिक र सरकारी वन डढेलोले सखाप भएपछि पूरै वन क्षेत्र काला पहाडमा परिणत भएको छ ।   

जिल्ला वन कार्यालय कालीकोटका निमित्त प्रमुख दीपकराज सन्ज्यालले भने, ‘रोकथामका लागि कर्मचारी खटाइएको छ । कति बेला कहाँ आगलागी हुन्छ, पत्तै हुँदैन ।’ धेरै कर्मचारी आगलागी भएको क्षेत्रमा खटिएको र कति हेक्टर क्षेत्रफलमा आगलागी भयो भनेर यथार्थ तथ्यांक लिने काम भइरहेको उनले बताए । प्रारम्भिक विवरणअनुसार करीब २०० हेक्टरमा आगलागी भएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्