ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

मंगलवार सुन तथा चाँदीको मूल्यमा सामान्य गिरावट

२०७७ चैत, ३१  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

चैत ३१, काठमाडौं । नेपाली बजारमा मंगलवार सुन तथा चाँदीको मूल्य घटेको छ । स्थानिय बजारमा अघिल्लो कारोबार दिन अर्थात् सोमवार रू. १०० ले उकालो लागेको सुनको भाउ मंगलवार सोही अंकले ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार छापावाला सुन प्रतितोला रू. ८९ हजार ५०० मा कारोबार भएको छ । सोमवार छापावाला सुनको मूल्य प्रतितोला रू. ८९ हजार ६०० मा कारोबार भएको थियो । सोमवारको तुलनामा मंगलवार छापावाला सुन प्रतितोला रू. १०० ले घटेको हो । 

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ८९ हजार ०५० मा कारोबार भएको छ । सोमवार तेजाबी सुन प्रतितोला रू. ८९ हजार १५० मा कारोबार भएको थियो । 

यस्तै, मंगलवार चाँदीको मूल्य पनि घटेको छ । सोमवार प्रतितोला रू. एक हजार २७५ मा कारोबार भएको चाँदी मंगलवार रू. एक हजार २६० मा खरीदविक्री भइरहेको छ । सोमवारको तुलनामा मंगलवार चाँदीको मूल्य रू. १५ ले घटेको हो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्