ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

राजस्व अनुसन्धानमा पठाइएको ट्रकमा भेटिएन तस्करीको सामान !   

२०७७ चैत, ३१  
प्रदेश ०२
Image Not Found
author avatar अभियान संवाददाता

चैत ३१, वीरगञ्ज । प्रहरीले तस्करीको आरोपमा अनुसन्धानका लागि पठाएको ट्रकबाट राजस्व अनुसन्धानले तस्करीको मालसामान फेला पार्न सकेन ।

जिल्ला प्रहरी कार्यालय पर्साले पठाएको ट्रक मंगलवार चेकजाँच गर्दा ट्रकमा बिलबिजकअनुसारकै मालसामान भेटिएको राजस्व अनुसन्धान कार्यालय पथलैयाले बताएको छ । 

भन्सार छलेर भित्रिएको मालसामान लोड गरिएको भन्दै प्रहरीले वीरगञ्जबाट सोमवार ना ३ ख ७२१० नम्बरको ट्रक राजस्व अनुसन्धानमा पठाएको थियो । बिलबिजकअनुसारकै मालसामान फेला परेको राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख टंकप्रसाद पाण्डेले बताए ।

‘प्रहरीले नियन्त्रणमा लिएर पठाएको ट्रकको मालसामान भीसीटीएस र बिलबिजकअनुसार नै पाइयो । राजस्व छलेको मालसामान भेटिएन,’ प्रमुख पाण्डेले भने । 

प्रहरीले पशुपति रोड क्यारियर्सको सो ट्रकमा ४२ लाख रुपैयाँ बराबरको कस्मेटिक, हार्डवेयर र किराना मालसामान फेला परेको भन्दै अनुसन्धानका लागि पठाएको थियो । राजस्वको चेकजाँचाको क्रममा कस्मेटिकलगायतका सामान नभेटिएको पाण्डेले बताए । 

वीरगञ्जबाट लोड भएर नारायणगढका लागि हिँडेको ट्रकमा अधिकांश कपडा रहेको अनसुन्धानले कार्यालयले बताएको छ । प्रहरीले ट्रक चालक बारा जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. ७ का सुरज सिंहलाई समेत राजस्वको जिम्मा लगाएको थियो ।  
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्