ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

एनएमबि बैंकको नयाँ वर्ष अफरः दराजबाट सामान खरीद गर्दा २०% सम्मको छूट

२०७७ चैत, ३१  
बजार
NA
author avatar अभियान संवाददाता

चैत ३१, काठमाडौं । एनएमबि बैंकले नयाँ वर्षको अवसर पारेर ग्राहकलाई छूट दिन दराजसँग सहकार्य गरेको छ ।

बैंकले विभिन्न ब्रान्डेड स्टोरहरूमा सामान खरीद गर्दा १५ प्रतिशतसम्म छूट प्रदान गर्ने विषयमा दराजसँग द्विपक्षीय समझदारी गरेको जानकारी दिएको छ ।

एनएमबि बैंकका डेविट कार्ड प्रयोगकर्ताले दराज एपबाट सामान खरीद गर्दा १५ प्रतिशत वा १ हजारसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरूले २० प्रतिशत वा १ हजार ५०० सम्म छूट पाउने भएका छन् ।

बैंकले हाल देशभरी १८० ओटा शाखा, १३६ एटीएम र ९ ओटा एक्सटेन्सन काउन्टरहरूमार्फत सेवा प्रदान गर्दै आइरहेका छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्