ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

एनआईसी एशिया बैंकको नयाँ वर्ष योजनाः डिजिटल भुक्तानीमा २०% सम्म छूट 

२०७७ चैत, ३१  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

चैत ३१, काठमाडौं । एनआईसी एशिया बैंकले नयाँ वर्ष २०७८ को अवसरमा डिजिटल भुक्तानीमा २० प्रतिशतसम्मको छूट तथा नगद फिर्ताको योजना सार्वजनिक गरेको छ । 

यस योजनाअन्तर्गत सस्तो डिल, ग्यापु मार्केटप्लेस र स्टपग्राबबाट २०७८ वैशाख ३ सम्म विभिन्न सामग्रीहरू खरीद गरी बैंकका ग्राहकहरूले ई–कमर्शमार्फत भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम रू. १ हजार ५०० सम्म नगद रकम फिता प्राप्त गर्न सक्नेछन् । 

साथै, बैंकले दराजसँग सहकार्य गर्दै ग्राहकहरूलाई ई–कमर्श मार्फत भुक्तानीमा २० प्रतिशत वा अधिकतम रू १ हजार ५०० सम्म छूटको योजना समेत ल्याएको छ । 

नेपालमा अनलाईन किनमेल बढिरहेको वर्तमान अवस्थाबीच नयाँ वर्षका बेला अझ वृद्धि हुने प्रक्षेपणअनुरुप बैंकले डिजिटल कारोबारमा ग्राहकहरूलाई प्रोत्साहन गर्नका लागि उक्त ई–कमर्श कम्पनीहरूबाट सामग्री खरीद गर्दा आकर्षक छूट तथा नगद फिर्ताको व्यवस्था गरेको हो । 

साथै, बैंकले काठमाडौं मेरियट होटल र दृश्या लाउञ्जमा न्यू इयर इभाको दिन सेवा लिई यस बैंकको कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत छूट प्राप्त गर्न सकिने योजना समेत ल्याएको छ । 

बैंकले म्युजिक नेपालसँग सहकार्य गरी मोमो एपमार्फत एनआईसी एशिया २०७८ कुपन कोड प्रयोग गरी ग्राहकहरूको लागि निःशुल्क रुपमा एक महीनाको लागि सब्सक्रिपसन हुने गरी विभिन्न लोकप्रिय गीत तथा संगीत सुन्न तथा चलचित्र हेर्न सकिने व्यवस्था गरेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्