ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

एघारौं ‘पोकर रन’ कार्यक्रम आयोजना

२०७७ बैशाख, १  
बजार
NA

काठमाडौं (अस) । नेपाल पर्यटन बोर्डको सहकार्यमा ट्रेकिङ कम्पनी स्याक्रड समिट्सले यस वर्षको एघारौं ‘इन्फिल्ड पोकर रन’ कार्यक्रम आयोजना गरेको छ । नेपालमा सन् २००९ मा नेपालमा शुरू भएको उक्त कार्यक्रम गतवर्ष कोरोना महामारी कारण स्थगित भएको थियो । नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा आयोजित कार्यक्रमको सोमवार नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले शुभारम्भ गरेका थिए । फोकर रन काठमाडौंबाट पोखरासम्म हुनेछ ।

शुभारम्भ कार्यक्रममा डा. रेग्मीले कोभिडको कारण पर्यटन क्षेत्र प्रभावित भए पनि स्वास्थ्य मापदण्ड पालना गर्दै आन्तरिक पर्यटन चलायमान बनाउनुपर्ने बताए । यस प्रकारका कार्यक्रमले पर्यटन व्यवसायमा उत्साह थप्नुका साथै आन्तरिक पर्यटन चलायमान हुने उनको भनाइ थियो ।

वरिष्ठ पर्यटन व्यवसायी विक्रम पाण्डे काजीले पोकर रन जस्ता कार्यक्रमले युवालाई आकर्षित गरेको र यस्ता कार्यक्रमले कोभिडको कारण थलिएको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताए ।

आयोजक स्याक्रड समिट्सका अध्यक्ष रवि थापाले नेपाल मोटरसाइकल पर्यटनका रूपमा समेत विकास हुँदै गएको भन्दै पोकर रनले पर्यटनको नयाँ प्रडक्ट विकास गरेको बताए । अघिल्ला वर्षमा विदेशबाट पनि यात्रुहरू सहभागी हुने गरेकोमा कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राख्दै यस वर्ष १५० जनालाई मात्र सहभागी गराइएको जानकारी उनले दिए ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्