ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

गण्डकी प्रदेश सरकारले डेढदर्जन तालको पूर्वाधार निर्माणसँगै सौन्दर्यकरण गर्ने 

२०७७ बैशाख, १  
गण्डकी प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १, कास्की । गण्डकी प्रदेश सरकारले प्रदेशका डेढदर्जन तालहरुको पूर्वाधार निर्माणसंगै सौन्दर्यकरण (ब्यूटिफिकेशन) गर्ने भएको छ ।

प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र ताल संरक्षण तथा विकास प्राधिकरण मार्फत १८ ओटा तालहरुको पूर्वाधार निर्माणसँगै सौन्दर्यकरणको कामलाई अगाडी बढाइएको हो । 

गण्डकी प्रदेशका ११ ओटा जिल्लामध्ये चालू आर्थिक वर्षमा नौ ओटा जिल्लाका विभिन्न ठाउँमा रहेका ताल एवं पोखरीहरुको भौतिक पूर्वाधार निर्माणसँगै सौन्दर्यकरणको कार्यलाई अगाडि बढाइएको  गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले जानकारी दिए ।

उनका अनुसार प्रदेश सरकारले पोखराको फेवाताल, टडुवा ताल, बाघेखोला ताल, बाह्र पोखरी तथा ताल, मेमे पोखरी, दूधपोखरी ताल, ठूलीदह, साना दह, हरीपोखरीको मर्मत र गाँजाको दहको पूर्वाधार निर्माणको काम अगाडी बढाइएको छ ।

त्यसैगरी ठूली पोखरी ताल, बराह ताल, ढवाह ताल, कफुचे हिमताल, ताल पोखरी, कास्यप पोखरी, राम्जा ठूलीपोखरी,सुनपोखरी, इलम पोखरी लागएतका तालहरुमा पूर्वाधार विकास तथा सौन्दर्यीकरणको काम अगाडि बढाईएको छ । 

प्रदेश सरकारले गत आवमा वेगनास, खास्टे, मैदी, दिपागं लगाएतका तालमा पूर्वाधार विकास तथा सौन्दर्यीकरणको काम गरेको थियो । प्रदेश भित्रका बाँकी अन्य तालहरुमा पूर्वाधार विकास तथा व्यूटिफिकेशनको काम अगामी आवमा गर्ने तयारी गरिएको छ ।

गण्डकी प्रदेश आफैंमा पर्यटकीय प्रदेश भएको र सिमसार क्षेत्र यस प्रदेशको पर्यटन विकासको मेरुदण्डको रुपमा रहेकाले प्रदेशका ताल (सिमसार) क्षेत्रको दिगो संरक्षण र व्यवस्थापनको काम प्रदेश सरकारले अगाडी  बढाएको हो । 

पर्यटनलाई समृद्धिको पहिलो आधार मानेको प्रदेश सरकारले गण्डकी प्रदेश भित्रका सबै तालहरुको संरक्षण तथा विकासका लागि ताल संरक्षण र विकास प्राधिकरणनै गठन गरेर विभिन्न कार्यहरु अगाडी बढाएको छ ।

ताल प्राधिकरणले यस आवमा १८ ओटा तालको विकास तथा सौन्दर्यकरणको काम सम्पन्न गर्नको लागि योजनावद्ध रुपमा कार्य गरिरहेको ताल संरक्षण तथा विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनुप गुरुङले जानकारी दिए । 

उनले तालहरुमा फुट ट्रेल, रेलिङ, ताल आसपासमा दुवोसहितको बगैंचा, तालको संरक्षणका लागि रिटेनिङ वाल, पानीको गुणस्तर, सिल्टेसन नियन्त्रण सम्वन्धीको काम ,पानीको मुहानहरुमा नियमित पानी भण्डारणको लागि आवश्यक पानी रिचार्ज गर्ने लगायतका कार्यहरु गरिरहेका बताए ।


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्