ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

वस्तु बजारको अँध्यारो पक्ष

२०७८ बैशाख, ३  
पाठक विचार
NA

वस्तु बजार पूँजी बजारको एक अंश हो । वर्षौंदेखि चल्दै आएको वस्तुहरूको किनबेचलाई औपचारिक रूपमा वस्तुको आधारमा करार बनाई किनबेचको व्यवस्था गर्नु, तिनको भावी मूल्यमा आउने उतारचढावबाट हुने जोखिम कम गर्नु र भौतिक वस्तु डेलिभरी वा हस्तान्तरण सुनिश्चित गर्न आवश्यक संरचना तयार गर्नु नै वस्तु विनिमय बजारको मुख्य काम हो । यसले लगानीकर्तालाई कृषि, इन्धन, धातु तथा खानी र बहुमूल्य धातुमा लगानीको अवसर प्रदान गर्छ भने त्यसको उत्पादन, प्रशोधन तथा भण्डारणमा संलग्न पक्षलाई आवश्यक साधन र बजार जुटाउने कार्य गर्छ । तर, वस्तु बजारका बारेमा यसरी सकारात्मक चर्चा भइरहे पनि यसको नकारात्मक पक्षबारे भने कमैले चर्चा गरेको पाइन्छ ।

अहिले अर्थतन्त्रको महŒवपूर्ण अंश भनेर वस्तु बजारलाई माने पनि वस्तुतः यसमा खराबी पक्ष पनि रहेको पाइन्छ । विश्व अहिले उदारवादी नीतिमा गएको पूँजीवादमा अघि बढिरहेको छ । यसले केही मानिस निकै लाभान्वित भए पनि समग्रमा सबै मानिसको हित गर्छ भन्न सकिँदैन ।

एक आदर्श मुलुक अर्थात् लोकतान्त्रिक मुलुकमा वस्तु बजार (कमोडिटी मार्केट) कस्तो हुनुपर्छ ?

यस्तो वस्तु बजार (कमोडिटी मार्केट) मा लोभको व्यवस्थापन गरेर कसरी किसानहरूलाई उनीहरूको उत्पादनको उचित मूल्य दिइएको हुन्छ ?

समालोचनात्मक तरीकाले सरल तथा स्पष्ट भाषामा बुँदागत तरीकाले वस्तु बजारलाई यसरी बुझ्न सकिन्छ ।

प्रथमतः आदर्श मुलुकमा कृषकलाई ईश्वरको दर्जा दिइन्छ किनकि कृषकहरू कुनै पनि देशको सबैभन्दा उत्पादनशील समूह हुन् । उनीहरूले मानवीय जीवनको प्रमुख आवश्यकता गाँस, बास, कपासमा महŒवपूर्ण योगदान पु¥याउँछन् । कृषकविना हामीले मानव जीवन र समाजको कल्पनासमेत गर्न सक्दैनौं ।

आदर्श मुलुकमा कमिशन र कृत्रिम मुद्रा (आर्टिफिसियल मनी) को जन्म दिई चरम लोभको दुश्चक्र पैदा गर्ने तथा अर्थतन्त्रलाई पिरामिड शैलीको तास रूपी घरमा रूपान्तरण गर्ने बिचौलिया तथा अनुत्पादनशील जमातहरूको संयन्त्र जस्तो कि वस्तु विनिमय संस्था (कमोडिटी एक्सचेन्ज), दलालहरू (ब्रोकर) तथा सट्टेबाजहरू (स्पेकुलेटर्स) हुँदैनन् । यस्तो बिचौलिया संयन्त्रका कारण भारतमा किसानले दिनानुदिन सपरिवार आत्महत्या गर्नु परिरहेको छ ।

भारतको एउटा लोकप्रिय वस्तु विनिमय संस्था (कमोडिटी एक्सचेन्ज) को घोटालाले भारतमा झन्डै ठूलो आर्थिक सङ्कट निम्त्याई दिइसकेको थियो । नेपालजस्तो सानो देशलाई त यस्ता बिचौलिया संयन्त्रले टाट पल्टाइदिन पनि सक्छन् । भारत तथा अमेरिकाका लागि यस्ता बिचौलिया संयन्त्रहरू निल्नु न वकल्नुको स्थितिमा पुगिसकेका छन् किनभने उनीहरूले कृत्रिम मुद्रा तथा कृत्रिम अर्थतन्त्रको यति ठूलो जालो तथा हावा भरिएको बेलुन बनाइसकेका छन् कि उनीहरूसँग एउटै मात्र विकल्प छ त्यो भनेको बेलुन नफुटुन्जेलसम्म हावा भरिरहने हो । त्यस्तै तासको घर नढलुन्जेलसम्म त्यस्तो तासको घर माथि तला थपिरहनु हो ।

यस्तो अर्थतन्त्र क्षणिक समयका लागि चलायमान र बलियो देखिए पनि यो अन्त्यमा कहिले नउठ्ने गरी ढल्छ । उदाहरणको लागि यदि चीनको अर्थतन्त्र अमेरिकाको भन्दा बलियो भएमा र डलरको वर्चस्व समाप्त भएमा अमेरिकाको स्थिति ग्रीसको भन्दा डरलाग्दो हुनेछ । घर जति ठूलो छ त्यति नै ठूलो आवाज निकालेर क्षतविक्षत भई ढल्छ ।

इतिहासले देखाउँछ कि शक्तिशाली र अमर भनिएका अर्थतन्त्र र सभ्यताहरू यसै गरी कहिले उठ्नै नसक्ने गरी ढलेका छन् । स्मरण रहोस् अमेरिकाको अर्थतन्त्र अमेरिकी डलरको सर्वस्वीकार्यताले गर्दा प्रादिष्ट मुद्रा (फियाट मनी) को आधारमा चलेको छ । अमेरिकी साम्राज्यको आधिपत्य सकिनेबित्तिकै उक्त प्रादिष्ट मुद्रा (फियट मनी) कागजको खोस्टा सावित भएर अमेरिकी अर्थतन्त्र तथा सभ्यता इतिहास बन्ने छ । यो हामीले हाम्रै जीवन कालमा देख्न र भोग्न पाउनेछौं ।

आदर्श मुलुकमा किसानका उत्पादन बेच्न किसानको सम्बन्ध सीधा उपभोक्तासँग होस् भन्नका लागि व्यवस्थित हाट तथा बजारको व्यवस्था गरिएको हुन्छ । यस्तो हाट तथा बजारमा कृषकले आफै उचित मूल्यमा आफ्नो कृषि उत्पादन सीधै उपभोक्तालाई बेच्न सक्छन् । यसबाट कृषकले आफ्नो उत्पादनको उचित मूल्य पाउँछन् भने उपभोक्ताले समेत सुलभ दरमा कृषि उत्पादन किन्न पाउँछन् । यस्तो हाटबजारलाई आधुनिक तथा सरल बनाउन विद्युतीय माध्यमबाट कृषि उत्पादन किन्ने व्यवस्था गरिएको हुन्छ ।

आदर्श मुलुकमा कृषक को उत्पादन सडेर गलेर नजाओस् र कृषि उत्पादनको अधिकतम तथा कुशल उपयोग होस् भन्नका लागि गोदाम (वेयरहाउस) तथा चिस्यान केन्द्र (कोल्ड स्टोरेज) को निर्माण गरिएको हुन्छ । यस्तो गोदाम तथा चिस्यान केन्द्रको स्वामित्व सामूहिक रूपमा किसानले आफैले गरेका हुन्छन् । यस्तो संरचना निर्माण गर्न मुलुकको बैङ्कले पहिलो प्राथमिकता दिएर किसानहरूलाई सर्वसुलभ ऋण प्रदान गर्छ । त्यसै गरी यस्तो संरचना निर्माण गर्न राज्यको ठूलो लगानी पनि आदर्श मुलुकमा हुने गर्छ ।

अहिले नेपालले स्थापना गर्न खोजेको वस्तु बजार कन्ट्राक्ट फर डिफरेनसमा आधारित छ । यो एक किसिमको जुवा हो । यसमा ९९ दशमलव ९९ प्रतिशत लगानीकर्ताले आप्mनो लगानी गुमाउँछन् । बाँकी शून्य दशमलव शून्य १ प्रतिशतले अल्प अवधिमा धेरै पैसा कमाएको देखिए पनि लामो अवधिमा भने सडकमा पुग्ने गरी गुमाउँछन् । कति मानसिक रोगको शिकार हुन्छन् भने कतिले आत्महत्याको बाटो रोज्छन् ।

नेपालमा पनि विनय लामिछाने र उसको परिवारले आत्महत्या रोज्नुको कारण कथित वस्तु बजार थियो जुन वास्तवमा वस्तु बजार नै थिएन । उसको आत्महत्याको जिम्मेवार, सरकार, समाज, कथित वस्तु विनिमय एक्सचेन्ज, दलालहरू नै हुन् । अन्त्यमा एउटा मानिसको जीवन रक्षा गर्नु समस्त समाजको रक्षा गर्नु हो । वस्तु बजारको यो अँध्यारो पक्षबारे चर्चा नहुनु विडम्बना नै हो । त्यसैले यस पक्षमा पनि ध्यान जानु जरुरी छ ।

मार्कण्डेय आत्रेय

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्