ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

कोरियामा नेपाली श्रमिकको भिसा अवधि एक वर्ष थपियो

२०७८ बैशाख, ३  
रोजगारी
NA

काठमाडौं । ईपीएसमार्फत दक्षिण कोरिया गई काम गरिरहेका नेपालीसहित अन्य मुलुकका श्रमिकको प्रवेशाज्ञा (भिसा) अवधि एक वर्ष थप हुने भएको छ । कोरियाको न्याय मन्त्रालयका अनुसार कोरियाको बसाइँ अवधि सकिएर कोरोना महामारीका कारण स्वदेश फर्किने वातावरण नभएका श्रमिकले कोरियामा बसाइँ अवधि थप्न चाहेमा यही अप्रिल १३ तारिखदेखि १ वर्षका लागि प्रवेशाज्ञा थप गर्न पाउने नियम पारित भएको छ ।

प्रवासी श्रमिक युनियन (एमटीयू)का अध्यक्ष उदय राईले आगामी डिसेम्बरसम्म तीन वर्षको कार्यकाल सकिने श्रमिक तथा हाल चार वर्ष १० महीनाको भिसा सकिएर स्वदेश फर्किनुपर्ने श्रमिकको भिसा अवधि १ वर्ष थपिने जानकारी दिएका छन् । यसरी भिसा थपिने भएपछि आगामी डिसेम्बरसम्म तीन वर्षको अवधि सकिने तथा हाल चार वर्ष १० महीनाको अवधि सकिने सम्पूर्ण श्रमिकको कोरिया बसाइँ अवधि पाँच वर्ष १० महीना हुनेछ । तीन वर्षको कार्यकाल सकिने श्रमिकले एक वर्ष थपेर चार वर्ष पूरा गरेपछि पुनः पहिलेकै नियमानुसार एक वर्ष १० महीनाको भिसा थप्न सक्नेछन् ।

एमटीयूका अध्यक्ष राईका अनुसार श्रम सम्झौता भएका अधिकांश मुलुकबाट कोरियामा १३ महीनादेखि मजदूर भित्रिएका छैनन् । यसबीचमा कम्बोडियाका केही श्रमिक भित्रिए पनि अन्य देशबाट श्रमिक भिœयाउन सकिएको छैन । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्