ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नयाँ वर्षमा रिद्धिसिद्धिको ग्राहकलाई उपहार

२०७८ बैशाख, ३  
बजार
NA

काठमाडौं (अस) । निर्माण कार्य गर्नुअघि सम्पूर्ण ग्राहकलाई सिमेन्टको प्रयोगपूर्व वैज्ञानिक तवरले भौतिक परीक्षण गरी विश्वस्त बनाउने उद्देश्यसहित रिद्धिसिद्धि सिमेन्टले केही महिना अघि ‘शिलान्यास रिद्धिसिद्धिसँग’ योजना ल्याएको थियो ।

यही योजनालाई निरन्तरता दिँदै नयाँ वर्ष ०७८ अवसरमा शिलान्यास गर्न चाहने ग्राहकलाई भेटस्वरूप शिलान्यास पूजा सामग्री सेट प्रदान गरिने कम्पनीले बताएको छ ।

कम्पनीले प्रदान गर्ने उक्त पूजा सेटमा तामाको कलश ५ थान, चाँदीको कछुवा १ थान, चाँदीको नाग र नागिन १ जोडी, चाँदीको सिक्का १० ग्राम १ थान, हात्तीको प्रतिमा १ थान, जौ, तील, कुश १ प्याकेट, पञ्चरत्न धातु १ थान, सलाई १ थान, बाटेको धुप १ प्याकेट र कपुर १ थान रहनेछ ।

योजनाको लाभ उठाउन ग्राहकले कम्पनीको निःशुल्क टोल फ्री नम्बर वा आधिकारिक फेसबुक पेजको विज्ञापन क्लिक गरी वा पत्रिकामा प्रकाशित विज्ञापनमा रहेको क्यूआर कोड स्क्यान गरी रिद्धिसिद्धि सिमेन्टको वेबसाइटमा गई त्यहाँ रहेको फारम भर्नुपर्नेछ ।

रिद्धिसिद्धि सिमेन्टको आधिकारिक बिक्रेताकहाँ सम्पर्क राखेर पनि यो सुविधा लिन सकिने कम्पनीले जानकारी दिएको छ । योजना प्रथम १००० उपभोक्तालाई मात्र लागू हुनेछ भने न्यूनतम १०० बोरा सिमेन्ट खरिद गर्नुपर्ने प्रावधान छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्