ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

मुक्तिनाथ विकास बैंक–फर्न रेसिडेन्सी सम्झौता

२०७८ बैशाख, ३  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । मुक्तिनाथ विकास बैंकले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन होटल चितवन प्रालि (द फर्न रेसिडेन्सी) सँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ ।

सम्झौतापछि बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकले होटल चितवन प्रालिबाट सञ्चालित भरतपुरमा रहेको द फर्न रेसिडेन्सी, होटल चितवनमा बसाइ र खाना तथा परिकारमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिसा नेटवर्कअन्तर्गतको जुनसुकै बैंकको एटीएमबाट शुल्कबिनै रकम झिक्न सकिने व्यवस्था छ ।

त्यस्तै, मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा आदि कार्य बैंकको शाखामा नगई घरबाटै गर्न सकिने व्यवस्था पनि छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्