ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

साताको अन्तिम कारोबार दिन तोलामा ७०० ले बढ्यो सुनको मूल्य

२०७८ बैशाख, ३  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख ३, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम जारी छ । साताको अन्तिम कारोबार दिन शुक्रवार पनि नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य बढेको छ । स्थानिय बजारमा अघिल्लो कारोबार दिन अर्थात् बिहीवार रू. ३०० ले बढेको सुनको मूल्य शुक्रवार रू. ७०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाला सुन प्रतितोला रू. ९० हजार ५०० मा कारोबार भएको छ । बिहीवार छापावाला सुनको मूल्य प्रतितोला रू. ८९ हजार ८०० मा कारोबार भएको थियो । बिहीवारको तुलनामा शुक्रवार छापावाला सुन प्रतितोला रू. ७०० ले बढेको हो । 

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९० हजारमा कारोबार भएको छ । बिहीवार तेजाबी सुन प्रतितोला रू. ८९ हजार ३५० मा कारोबार भएको थियो । 

यस्तै, शुक्रवार चाँदीको मूल्य पनि बढेको छ । बिहीवार प्रतितोला रू. एक हजार २९० मा कारोबार भएको चाँदी शुक्रवार रू. एक हजार ३०० खरीदविक्री भइरहेको छ । बिहीवारको तुलनामा शुक्रवार चाँदी रू. १० ले बढेको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्