ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सवारी साधनको मूल्य साढे २२ हजार रुपयासम्म बढाउँदै मारुती सुजुकी 

२०७८ बैशाख, ३  
अन्तरराष्ट्रिय
Image Not Found

वैशाख ३, नयाँ दिल्ली (भारत) । भारतको सबैभन्दा ठूलो सवारी साधन निर्माता कम्पनी मारुती सुजुकीले आफ्ना सवारी साधनको मूल्य २२ हजार ५०० रुपैयासम्म बढाउने भएको छ । कम्पनीले शुक्रवार उत्पादन लागतमा भएको वृद्धितर्फ औंल्याउँदै तत्कालै लागू हुने गरी मूल्य वृद्धिको घोषणा गरेको हो । 

पछिल्लो मूल्य वृद्धिमा सेलेरियो र स्विफ्टबाहेक अन्य सबै मोडललाई समेटिनेछ । ‘विविध उत्पादन लागतमा भएको वृद्धिका कारण कम्पनीले रोजिएका केही मोडलहरुको मूल्य बढाएको छ,’ नियामक फाइलिङमा कम्पनीले भनेको छ । 

कम्पनीले भारतीय बजारमा अल्टोदेखि एस–क्रसम्म विविध मोडलको सवारी साधन बेच्दै आएको छ । रासस/पीटीआई 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्