ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सिटिजन्स बैंकको शाखा रहित बैंकिङ सेवा उदयपुरकोे लालपत्तामा

२०७८ बैशाख, ३  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख ३, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले देशका दुर्गम स्थलका बासिन्दाहरुलाई बैंकिङ सेवा पुर्‍याउने उद्देश्यका साथ शाखा रहित बैंकिङ सेवा विस्तार गरेको छ । 

यसै क्रममा बैंकले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका-६ लालपत्तामा १०९औं शाखारहित बैंकिङ सेवा प्रारम्भ गरेको छ । सो स्थानमा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी रोमा कुमारी थापालाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ । 

यस शाखा रहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य बैंकले राखेको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एवम् बैंकिङ सभ्यताको विस्तार हुने अपेक्षा बैंकले लिएको छ ।

सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १६७ ओटा शाखा, ११३ ओटा एटिएम.र १०९ ओटा शाखारहित बैंकिङ ईकाईहरुबाट करीब साढे नौ लाखलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्