ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

जय पशुपति इम्पेक्सका सञ्चालकसहित ५ जनाविरुद्ध मुद्दा दायर      

२०७८ बैशाख, ४  
समाचार
Image Not Found

वैशाख ४, काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा जय पशुपति इम्पेक्सका सञ्चालक रेखादेवी दाससहित पाँच जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । 

    विभागका अनुसार उनीहरूले १ करोड १३ लाख ५ हजार ५१४ रुपैयाँ बराबरको राजस्व छली गरेको पाइएको छ । उक्त फर्मका सञ्चालक दाससमेत भन्सार प्रतिनिधि सुरेन्द्रबहादुर श्रेष्ठले आपसी मिलेमतोमा भारतीय ट्रकमा शिशाको खाली बोटल लोड गरी बोटलमाथि पोतको भन्सार तिरेको निस्सा बनाएको पाइएको छ । 

    राजस्वमा हानी नोक्सानी पुर्‍याउने ध्येयका साथ गलत कागजात तयार पारी ठगी गरेको पाइएको छ । उनीहरूले भन्सार शुल्क ११ लाख ३५ हजार ८८७ रुपैयाँ, मूल्यअभिवृद्धि कर  ४६ लाख ७३ हजार २०४ रुपैयाँ र आयकर ५४ लाख ९६ हजार ४२३ रुपैयाँ गरी कुल १ करोड १३ लाख ५ हजार ५१४रुपैयाँ बराबरको ठगी गरेको अभियोग लागेको छ । 

    विभागले सवारी चालकद्वय सुदीप श्रेष्ठ र राजकुमार, भन्सार प्रतिनिधि श्रेष्ठ तथा व्यवसायी विकासलाल दासविरुद्ध समेत पाटन उच्च अदालतमा मुद्दा दायर गरेको छ । उनीहरूविरुद्ध बिगोअनुसार कारवाहीको माग गर्दै बिहीवार मुद्दा दायर गरिएको विभागले बताएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्