ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तीन कारोबार दिनमा नेप्से परिसूचक ६१.११ विन्दु बढ्यो, २३ अर्बभन्दा बढीको शेयर खरीदविक्री

२०७८ बैशाख, ४  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख ४, काठमाडौं । यो साता तीन दिनमात्र खुलेको शेयर बजारमा रू. २३ अर्ब ३९ करोड ६ लाख ४७ हजार बढीको कारोबार भएको छ । बजार खुल्ने पाँच कारोबार दिनमध्ये यो साता दुई दिन सार्वजनिक विदा परेको थियो । 

तेस्रो त्रैमासको अन्त्यसँगै शेयर बजारमा फेरी पनि उत्साह देखिएको छ । केहि समयअघि घट्न थालेको कारोबार रकम पछिल्लो समय बढ्दै गएको छ । यो साता पहिलो कारोबार दिन रू. ७ अर्ब ६१ करोड ८ लाख २८ हजार, दोस्रो दिन रू. ७ अर्ब १५ करोड ३१ लाख ५१ हजार र तेस्रो दिन रू. ८ अर्ब ६३ करोड ६६ लाख ६८ हजार बराबरको शेयर कारोबार भएको छ । 

साताको तीन कारोबार दिनमा ४ करोड ७५ लाख ३३ हजार ७४४ कित्ता शेयर खरीदविक्री भएको छ । गत साता पाँच कारोबार दिननै खुलेको बजारमा रू. ३७ अर्ब ६० करोड ५० लाख ३ हजार बराबरको ८ करोड १ लाख ३७१ कित्ता शेयर कारोबार भएको थियो । गत साताभन्दा दुई दिन कारोबार कम भएकाले गत साता र यो साताको कारोबार रकमलाई भने तुलना गर्न स्वभाविक हुने छैन ।

गत साताको तुलनामा नेप्से परिसूचक भने ६१ दशमलव ११ विन्दु बढेको छ । यो साता तीन दिन खुलेको बजार तीन दिन नै बढेको छ । पहिलो दिन १७ दशमलव २० अंक, दोस्रो दिन २३ दशमलव २३ अंक र तेस्रो दिन २० दशमलव ६७ अंक बजार बढेको हो ।

अघिल्लो ११ दिनको कारोबारलाई हेर्ने हो भने नेप्से परिसूचक एक दिन मात्र घटेको छ । चैत १७ गतेदेखि शेयर बजार निरन्तर उकालो लागेको छ । यो बिचमा चैत २५ गते बजार २ दशमलव ८५ अंकले करेक्सन भएको छ भने बाँकी दिन बढेको छ ।

गत साता भन्दा यो साता कुल बजार पूँजीकरण रकम रू. ८४ अर्ब ६९ करोड १२ हजारले वृद्धि भएको छ । गत सातासम्म रू. ३७ खर्ब ८७ अर्ब ५० करोड ९० लाख ७ हजार रहेको कुल बजार पूँजीकरण रकम यो सातासम्म रू. ३७ खर्ब ८७ अर्ब ५० करोड ९० लाख पुगेको छ । 

यो साताको कारोबारमा पहिलो दिन लघुवित्त समूहको परिसूचक सर्वाधिक ३ दशमलव ६४ प्रतिशत बढेको थियो । त्यस्तै दोस्रो दिन विकास बैंक समूहको परिसूचक सर्वाधिक ३ दशमलव ४१ प्रतिशत र तेस्रो दिन पनि विकास बैंकको परिसूचक सर्वाधिक ३ दशमलव १२ प्रतिशतले बढेको छ । यो साताको कारोबारमा विकास बैंकको शेयरधनीहरुले बढी कमाएका छन् । 

शेयर बजार १ हजार १०० विन्दुदेखि उकालो लागेर २ हजार ७०० विन्दुमाथि पुग्दा अन्य समूहगत परिसूचकको तुलनामा बैंकिङ र विकास बैंकको परिसूचक बढ्न सकेको थिएन । बैंकिङ र विकास बैंकको शेयरमूल्य अझै बढ्न सक्ने अनुमात लगानीकर्ताहरुको छ । 

यो साताको कारोबारको विस्तृत अवस्था :

                                                स्रोतः नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्