ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

अमेरिकाको खुद्रा विक्रीमा १० महीनाकै उच्च वृद्धि 

२०७८ बैशाख, ४  
अन्तरराष्ट्रिय
Image Not Found

वैशाख ४, वाशिङटन डीसी (अमेरिका) । गत महीना अमेरिकाको खुद्रा विक्री १० महीनायताकै उच्च दरमा बढेको छ । सरकारबाट अमेरिकीहरुले थप राहत प्याकेज प्राप्त गरेको र कोरोना भाइरस विरोधी खोप लगाउने कार्यक्रमले तीव्रता पाएसँगै विक्री बढेको हो । 

यसले पहिलो त्रैमासमा अमेरिकी आर्थिक वृद्धिदर तीव्र हुने अपेक्षा बलियो बनाएको छ । बिहीवार सार्वजनिक भएका अन्य तथ्यांकहरुले पनि अर्थतन्त्रमा सुधारका संकेत देखाएका छन् । 

गत महीना अमेरिकाको खुद्रा विक्री ९ दशमलव ८ प्रतिशतले बढेको वाणिज्य मन्त्रालयको तथ्यांकले देखाएको छ । यो सन् २०२० को मेयताकै उच्च हो । मन्त्रालयले फेब्रुअरीको खुद्रा विक्रीको तथ्यांक पनि संसोधन गरेको छ । 

पछिल्लो संसोधन अनुसार फेब्रुअरीमा खुद्रा विक्री ३ प्रतिशतले नभएर २ दशमलव ७ प्रतिशतले मात्रै घटेको छ । मार्चमा भएको वृद्धिसँगै खुद्रा विक्री महामारीपूर्वको तुलनामा १७ दशमलव १ प्रतिशतमाथि आएको छ । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्