ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

ऐतिहासिक धरहराको पुनर्निर्माण अन्तिम चरणमा(फोटो फिचर)

२०७८ बैशाख, ४  
फोटो फिचर
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख ४, काठमाडौं । ऐतिहासिक धरहरा टावरको पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।  

विसं २०७२ सालको भूकम्पबाट  ९ तले धरहरा पूर्णरूपमा भत्किएपछि साविकको स्थानबाट १० मिटर पूर्वतर्फ पहिलेकै जस्तो ढाँचामा नयाँ निर्माण गरिएको हो । गजुरसहित नयाँ धरहराको उचाई करीब ७७ मिटरको हुनेछ ।

 

भूईंतलासहित  २५ तले नयाँ धरहराको निर्माण कार्य लगभग अन्तिम चरणमा पुगेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले बताए । 


राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार यही वैशाख ११ गते धरहराको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । उद्घाटन  प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ । विसं २०७२ को विनाशकारी भूकम्पबाट धरहरालगायत ऐतिहासिक सम्पदा ध्वस्त भएको थियो ।

धरहरा नेपालको एतिहासिक सम्पदा मात्र नभई गौरव र सम्पत्ति पनि हो  ।  धरहराको प्राचीनता, मौलिकता र सांस्कृतिक पक्षलाई जोगाउने उद्धेष्यले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले द्रूत गतिमा पुनर्निर्माण गरिरहेको छ ।

भूकम्पबाट बचेको भागलाई ‘भुइँचालो स्मारक’ का रूपमा सिसाको फ्रेम (टेम्पर्ड ग्लास) ले छोपेर राखिने छ ।नयाँ धरहरा हेर्न आउनेले पुरानो धरहराको खण्डहर पनि हेर्न पाउन भन्ने उद्देश्यले उक्त खण्डहरलाई जोगाउन लागिएको प्राधिकरणले बताएको छ ।

धरहरा निर्माणका लागि अघिल्लोपटक प्रधानमन्त्री हुनभएका बेला केपी शर्मा ओलीले विसं २०७२ सालमा नेपालीको लगानीबाटै धरहरा बनाउन ‘मेरो धरहरा म बनाउँछु’ अभियान शुरु गर्नु भएको थियो ।

तस्वीरहरु : रासस तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्