ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

उद्योग वाणिज्य महासंघद्वारा अनुशासन समिति गठन

२०७८ बैशाख, ४  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख ४, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले  पूर्व अध्यक्ष रवि भक्त श्रेष्ठको सभापतित्वमा अनुशासन समिति गठन गरेको छ ।

महासंघले विद्यमान विधानको दफा ३८(क) अनुसारको अनुशासन समिति महासंघका पूर्व अध्यक्ष रवि भक्त श्रेष्ठको सभापतित्वमा गठन भएको बताएको छ । अनुशासन समितिको उप–सभापतिमा महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशी रहेका छन् । 

त्यसैगरी समितिको सदस्यहरूमा महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष पशुपति मुरारका, कोषाध्यक्ष सुकुन्तलाल हिराचन र गान्धि एण्ड एशोसिएट्सका संस्थापक अध्यक्ष गान्धि पण्डित रहेका छन् । 

समितिको सल्लाहकारमा महासंघका पूर्व अध्यक्ष महेशलाल प्रधान रहेका छन् । 


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्