ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

ह्यन्दे मोटर गुप्रले खोल्यो छुट्टै मोबिलिटी एकाई 

२०७८ बैशाख, ४  
अन्तरराष्ट्रिय
Image Not Found

वैशाख ४, सोल (दक्षिण कोरिया) । दक्षिण कोरियाली मोटर निर्माता कम्पनी ह्यन्दे मोटर गुप्रले नयाँ मोबिलिटी एकाई गठन गरेको छ । थप सर्भिस मोडल लञ्च गर्नका लागि सो एकाइ बनाइएको हो । यस एकाईको नेतृत्व सोङ छाङ–ह्योनले गर्ने भएका छन् । 

ट्रान्सपोर्टेशन–एज–अ–सर्भिस (तास) नामक सो एकाईले ह्यन्दे र किया कर्पोरेशनको मोबिलिटी व्यवसाय हेर्नेछ । छाङ–ह्योनले अमेरिकी बहुराष्ट्रिय कमपनी एप्पल र माइक्रोसफ्टमा इञ्जिनियरका रुपमा काम गर्नुको साथै दक्षिण कोरियाली वेब पोर्टल नाभेरका प्रमुख प्राविधिक अधिकृतका रुपमा पनि काम गरिसकेका छन् । 

उनले यातायात सेवा स्र्टाट–अप ४२डटको स्थापना पनि गरेका थिए । नयाँ एकाई गठनसँगै ह्यन्दे र कियाले विश्वभरका मोबिलिटी कम्पनीहरुसँग सहयोग र सहकार्य बढाउने योजना बनाएका छन् । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्