ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

राष्ट्रिय सहकारी बैंकले बाँड्यो संरक्षित पूँजी फिर्ता कोषबाट रकम

२०७८ बैशाख, ५  
बजार
NA

काठमाडौं (अस) । राष्ट्रिय सहकारी बैंकले सहकारी ऐन २०७४ तथा नियमावली २०७५ को प्रावधानअनुरूप आर्थिक वर्ष २०७६/०७७ को संरक्षित पूँजी फिर्ता कोषबाट सदस्यहरूले पाउने रकमको बाँडफाँट कार्य सम्पन्न गरेको छ । बैंकले संरक्षित पूँजी फिर्ता कोषबाट प्राप्त हुने रकम यस सहकारी बैंकमा नियमित कारोबार गर्ने संघ÷संस्थाको खातामा जम्मा गर्ने व्यवस्था मिलाएको छ । सदस्य संघ÷सस्थाले जम्मा गरेको बचत रकमका लागि ४० प्रतिशत र कर्जामा तिरेको ब्याजका लागि ६० प्रतिशत भारको आधारमा संरक्षित पूँजी फिर्ता कोषको रकम बाँडफाँट गरेको हो । बचत र कर्जा कारोबार गर्ने सम्पूर्ण १२ हजार ४६ संघ/संस्थाहरू आव २०७६/७७ को संरक्षित पूँजी फिर्ता कोषबाट लाभान्वित भएका छन् । बचत र कर्जामा उच्च कारोबार गरी योगदान गरेबापत सबैभन्दा बढी रकम फिर्ता पाउने सदस्यले बचततर्फ ४३ लाख ४ हजारसम्म र कर्जातर्फ  १२ लाख १८ हजारसम्म प्राप्त गर्न सफल भएका छन् । रू. ५० हजारभन्दा बढी संरक्षित पूँजी फिर्ता कोष रकम प्राप्त गर्ने सहकारी संघ÷संस्थाहरू ५४९ ओटा छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्