ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तनहुँ उवासंघको अध्यक्षमा श्रेष्ठ विजयी

२०७८ बैशाख, ५  
गण्डकी प्रदेश
Image Not Found

वैशाख ५, तनहुँ  । तनहुँ उद्योग वाणिज्य संघको शनिवार साँझ सम्पन्न १६औं महाधिवेशनबाट अध्यक्ष पदमा पविन्द्रकुमार श्रेष्ठ भारी मतले निर्वाचित भएका छन् । जिल्लाका सातओटा बजार एकाइका गरी कुल एक हजार ९५० मतदाता रहेकोमा श्रेष्ठ ८०६ मत ल्याएर विजयी भएका हुन् । 

उनका निकट प्रतिद्वन्द्वी वैकुण्ठनाथ मिश्रले ६६५ मत प्राप्त गरेका थिए । श्रेष्ठ १४१ बढी मत ल्याएर विजयी भएका हुन् । सो अवसरमा २३ मत बदर भएको थियो ।

अध्यक्ष पदका मिश्र र श्रेष्ठ दुई जनाको उम्मेदवारी रहेपछि निर्वाचन प्रक्रियामा गएको हो । अर्का उम्मेदवार अर्जुन अधिकारीले भने यसअघि नै आफ्नो उम्मेदवारी फिर्ता गरिसकेका थिए । 

सबैभन्दा बढी मत रहेको दमौलीमा एक हजार ८५, आँबुखैरेनी ३४७, डुम्रे २६१, थर्पु १२१, सत्रसय ४७, विमलनगर ४१ र बन्दीपुर ४८ सदस्य संख्या रहेको संघका कार्यकारी सचिव सीता गुरुङले जानकारी दिए । संघको अध्यक्ष पद दाबी गर्दै लोकतान्त्रिक खेमाका श्रेष्ठ र बैकुण्ठनाथ मिश्र चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् ।

तनहुँ उद्योग वाणिज्य संघको अध्यक्ष पदबाहेक अन्य सबै पदमा सर्वसम्मत चयन भएको थियो । संघको प्रथम उपाध्यक्षमा इमकुमार मल्ल र द्वितीय उपाध्यक्षमा कुमार मल्ल सर्वसम्मत चयन भएका हुन् । त्यसैगरी कोषाध्यक्षमा दिनेशकुमार श्रेष्ठ, संघको एशोसिएट्समा शिवओम मल्ल र वस्तुगततर्फ कृष्ण सुनार सर्वसम्मत चयन भएका छन् । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्