ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

चितवन राष्ट्रिय निकुञ्जमा ९ महीनामा मरे ३० ओटा गैंडा     

२०७८ बैशाख, ५  
वाग्मती प्रदेश
Image Not Found

वैशाख ५, चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालू आर्थिक वर्षको नौ महीनामा ३० ओटा गैंडा मरेका छन् । तीमध्ये २६ ओटा प्राकृतिक कारणले मरेका हुन् भने चार ओटा चोरीशिकारीले मारेका हुन् ।     
     
निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पछिल्लोपटक वैशाख १ गते गैंडा मृतावस्थामा फेला परेको थियो । गत आर्थिक वर्षमा प्राकृतिक कारणले २६ ओटा गैंडा मरेका थिए । तीन महीना बाँकी रहँदा गत वर्षभन्दा बढी गैंडा मरेपछि निकुञ्जले गैंडा मर्नुको कारण पत्ता लगाउन समिति नै बनाएर काम गरिरहेको छ ।     
     
प्राकृतिक कारणले मरेका गैंडा बूढो भएर, एकापसमा जुधेर, दलदलमा फसेर, बाघले आक्रमण गरेरलगायतका कारणले मर्ने गरेका छन् । निकुञ्जको पश्चिमी क्षेत्रमा गैंडाको सङ्ख्या बढी हुँदा मृत्युदर बढेको अनुमान गरिएको छ । हालै गैंडा गणना भएपछि कुन क्षेत्रमा कति गैंडा छन् भन्ने यकिन तथ्याङ्क आइसकेको छैन ।     
     
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले तथ्याङ्क निकालेपछि आवश्यक भएमा आन्तरिक स्थानान्तरणसमेत गरिने बताए । चोरी शिकारी नियन्त्रणका लागि निकुञ्ज लागिपरेको छ । केही तस्करीमा संलग्न पक्राउ परेपछि थप चोरी शिकार हुन पाएको छैन । गत वर्ष चोरी शिकार शून्य रहेको थियो । उनले प्राकृतिक कारणबाट मर्ने सङ्ख्या पनि घटाउने प्रयास जारी रहेको जानकारी दिए।

सन् २०१५ पछि यस वर्ष गैंडा गणना गरिएको हो । यस वर्षको गणनामा यस निकुञ्जमा ६९४ ओटा गैंडा भेटिएका थिए । यसअघिको गणनामा यो सङ्ख्या ६०५ ओटा मात्रै रहेको थियो । त्यसपश्चात स्नानान्तरण र चीनलाई उपहार दिइएको भए पनि सङ्ख्या भने वृद्धि भएको छ ।     
     
बाढीबाट केही गैंडा बगेर भारत पुगेको अनुमान छ । भारतबाट १० ओटा गैंडा फिर्ता ल्याइएको भए पनि अझै केही गैंडा भारतीय भूभागमा रहेको अनुमान गरिएको छ । आशा गरेअनुसार गैंडाको सङ्ख्या बढेपछि संरक्षणकर्मी उत्साहित छन् ।  रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्