ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सामान्य अंक घटेको बजारमा ज्योति लाईफ र दिव्यश्वरी हाइड्रोको शेयरमूल्यमा उच्च वृद्धि 

२०७८ बैशाख, ५  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख ५, काठमाडौं । साताको पहिलो कारोबार दिन शेयर बजार सामान्य अंकले घटिरहेको छ ।

कारोबारको पौने एक घण्टमा बजार ६ दशमलव ७५ अंकले घटेर २ हजार ७२८ दशमलव ६४ विन्दुमा झरेको छ । यो अवधिसम्म ज्योति लाईफ इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक ९ दशमलव ९१ प्रतिशतले बढेको छ भने दिव्यश्वरी हाइड्रोको शेयरमूल्य ९ दशमलव ४५ प्रतिशत बढेको छ । 

ज्योति लाईफ इन्स्योरेन्सको प्रतिकित्ता रू. ५६ ले बढेर अन्तिम मूल्य रू. ६२१ र दिव्यश्वरी हाइड्रोको प्रतिकित्ता रू. १२ ले बढेर अन्तिम मूल्य रू. १३९ कायम भएको हो । 

दोस्रो बजारमा आइतवार सर्वाधिक शेयर खरीद माग ज्योति लाईफ इन्स्योरेन्सको रहेको छ । पौने एक घण्टाको कारोबारमा ४ हजार ९४५ ओटा अर्डरमा ९ लाख ७० हजार ४११ कित्ता उक्त कम्पनीको शेयर माग भएको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्