ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

आइतवार पहिलो घण्टामा ०.०३% ले घट्यो नेप्से (१२ बजेको अपडेट)

२०७८ बैशाख, ५  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख ५, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक शून्य दशमलव ७३ अंकले घटेर २ हजार ७३४ दशमलव ६६ विन्दुमा पुगेको छ ।

२ हजार ७५९ दशमलव ९० विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा शून्य दशमलव शून्य  ३ प्रतिशतले घटेको हो ।  

पहिलो घण्टाको अवधिमा २०० ओटा कम्पनीको २८ हजार २८२ पटकको कारोबारमा ५६ लाख ९४ हजार ७९३ कित्ता शेयरको रू. २ अर्ब ६६ करोड ९६ लाख ७७ हजार बराबरको खरीदविक्री भएको छ ।

कारोबारको पहिलो घण्टामा ज्योति लाइफ इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक ९ दशमलव ९१ प्रतिशतले बढेर प्रतिकित्ता शेयरमूय रू. ६२१ कायम भएको छ । 

पहिलो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये बैंकिङ, व्यापार, होटल्स तथा पर्यटन, जलविद्युत्, वित्त, निर्जीवन बीमा र अन्य समूहको परिसूचक घटेको छ भने बाँकी विकास बैंक, उत्पादन तथा प्रशोधन, लघुवित्त, जीवन बीमा, म्युचुअल फण्ड र लगानी समूहको परिसूचक बढेको छ । 

यस अवधिसम्म एभरेष्ट बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ४२ करोड ९५ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ८३० मा कारोबार भइरहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्