ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

साढे ६ अर्बको कारोबार भएको बजारमा ३ ओटा कम्पनीको शेयरमूल्य ९% भन्दा बढीले वृद्धि (२ बजेको अपडेट)

२०७८ बैशाख, ५  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख ५, काठमाडौं । आइतवार कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक १८ दशमलव ५९ अंकले घटेर २ हजार ७१६ दशमलव ८० विन्दुमा पुगेको छ । यस अवधिमा परिसूचक शून्य दशमलव ६८ प्रतिशतले घटेको हो ।  

तेस्रो घण्टाको अवधिमा २०५ ओटा कम्पनीको रू. ६ अर्ब ४३ करोड ५८ लाख ५२ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।

कारोबारको तेस्रो घण्टामा मिथिला लघुवित्त, ज्योति लाइफ इन्स्योरेन्स र दिव्यश्वरी हाइड्रोवारको शेयरमूल्य सर्वाधिक ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

तेस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक शून्य दशमलव ५५ प्रतिशतले बढेको छ ।

त्यस्तै, बाँकी बैंकिङ, व्यापार, होटल्स तथा पर्यटन, विकास बैंक, जलविद्युत्, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त, जीवन बीमा र लगानी समूहको परिसूचक घटेको छ । जसमध्ये होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक १ दशमलव ९७ प्रतिशतले घटेको छ । 

यस अवधिसम्म एभरेष्ट बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ७८ करोड ३० लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ८२० मा कारोबार भइरहेको छ ।

कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा एनआईसी एशिया लघुवित्त रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. १ हजार ९३६ मा रू. ४६ करोड ८० लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्