ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेपाल इन्भेष्टमेण्ट बैंकसहित ४ ओटा कम्पनीको शेयर सूचीकृत

२०७८ बैशाख, ५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख ५, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा आइतवार चार ओटा अलग - अलग कम्पनीको शेयर सूचीकृत भएको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंक र गरिमा विकास बैंकको बोनस शेयर र नागरिक लगानी कोष र साना किसान लघुवित्त वित्तीय संस्थाको हकप्रद शेयर सूचीकृत भएको हो । नेपाल इन्भेष्टमेण्ट बैंकको १ करोड ८८ लाख ८३ हजार ७५० कित्ता बोनस शेयर र गरिमा विकास बैंकको ४३ लाख ७२ हजार २३० दशमलव ७३ कित्ता बोनस शेयर सूचीकृत भएको छ । 

त्यसैगरी नागरिक लगानी कोषको १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद शेयर सूचीकृत भएको छ । साथै साना किसान लघुवित्तको २५ लाख ५७३ दशमलव ५६ कित्ता बोनस शेयर र पहिलाको १२ हजार ४४२ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो ।

ती चार ओटै कम्पनीको शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् । नेपाल इन्भेष्टमेण्ट बैंकले गत माघ  ८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १३ प्रतिशत बोनस शेयर, गरिमा विकास बैंकको माघ ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १३ दशमलव ५ प्रतिशत बोनस शेयर सूचीकृत गराएका हुन् । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्