ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

विद्यार्थीमा कोरोना संक्रमण देखिएसँगै इनरुवाका विद्यालय बन्द

२०७८ बैशाख, ५  
प्रदेश ०१
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख ५, सुनसरी । विद्यार्थीहरुमा कोरोना संक्रमण देखिन थालेपछि सुनसरीको इनरुवामा विद्यालय बन्द गर्ने निर्णय गरेको छ । 

समुदायस्तरमा पनि संक्रमण फैलिन थालेपछि इनरुवा नगरपालिकाले नगर क्षेत्रभित्रका सम्पूर्ण विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो । केही दिनअघि जिल्ला समन्वय समितिको बैठकले विद्यालयहरु बन्द गर्ने वा खोल्ने अधिकार स्थानीय तहहरुलाई नै दिएको थियो । 

सोही अनुसार नगरपालिकाले संक्रमण थप फैलन नदिन विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो ।

नगरपालिकाले सभा, सम्मेलन, मेला, जात्रा जस्ता भिडभाड हुने कार्यहरु पनि अर्काे सूचना जारी नभएसम्मको लागि आयोजना नगर्ने पनि निर्णय गरेको छ । 

सुनसरीका प्रजिअ उमेशकुमार ढकालले डिसिसिएमसी बैठकले नै विद्यालय खोल्ने वा बन्द गर्ने अधिकार स्थानीय तहहरुलाई दिएकोले सोही अनुसार इनरुवाले विद्यालयहरु बन्द गर्ने निर्णय गरेको जानकारी दिएको छ । 

उनले भने, ‘आफ्नो क्षेत्रमा जोखिमको अवस्था हेरेर खोल्ने वा बन्द गर्ने अधिकार स्थानीय तहहरुलाई नै दिइएको छ, त्यसै अनुसार इनरुवाले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।’ 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्